नायिका करिश्मा मानन्धर ‘बी प्लस’ ल्याएर एसईईमा पास

काठमाडौँ । नायिका करिश्मा मानन्धर ‘एसईई परीक्षा’ मा ‘बी प्लस’ ग्रेड ल्याएर पास भएकी छिन्। नायिका करिश्माले जीपीए ३ प्राप्त गरेकी हुन्।

अभिनेत्री मानन्धरले एसईईको तयारीका लागि विध्यालयमा भर्ना भएर नियमित कक्षा समेत लिएकी थिइन्। उनी त्रिवेणी पब्लिक बोर्डिङ स्कुलमा कक्षा ८ मा भर्ना भएकी थिइन्। त्यसै विद्यालयबाट उनले एसईईको तयारी गरेकी थिइन्।

Advertisement

कुन श्रेणीमा कति?
कार्यालयद्वारा सार्वजनिक तथ्याङ्क अनुसार उत्तीर्ण विद्यार्थी र तिनको श्रेणी विभाजन निम्म अनुसार रहेको छ:

ए प्लस (३.६ देखि ४ जीपीए): १७,५८०
ए (३.२ देखि ३.६ जीपीए): ५१,१३७
बी प्लस (२.८ देखि ३.२ जीपीए): ६३,७४१
बी (२.४ देखि २.८ जीपीए): ७६,५६४
सी प्लस (२ देखि २.४ जीपीए): ९८,२०७
सी (१.६ देखि २ जीपीए): ९५,३०७
डी प्लस (१.२ देखि १.६ जीपीए): ४३,८४१
डी (०.८ देखि १.२ जीपीए): ४,४२९

More News last news
Loading...