मध्यरातमा २ कार ठोक्किँदा फुटपाथमा सुतिरहेका ३ बालबालिकाको मृत्य

पटना । भारतको पटनामा मध्यरातको समयमा तिब्र गतिका दुई कार ठोक्किएर फुटपाथमा सुतिरहेका तीन जना बालबालिकाको ज्यान गएको छ।

फुटपाथमा सुतिरहेका बालबालिकाको मृत्यु भएसँगै आक्रोशित स्थानीयको कुटाईबाट एक कार चालकको ज्यान गएको छ । कारमा सवार अर्का एक व्यक्ति र फुटपाथमा सुतिरहका एक बालक गम्भीर घाईते भएका छन्।

Advertisement

मध्यराति २ बजेतिर अगमकुआँको पार्कको अगाडि पट्टी फुटपाथमा दुई कार एक आपसमा ठोक्किएर पल्टिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कार जुधेर पल्टिएसँगै तीन बालबालिकाको ज्यान गएको र स्थानीयले ड्राईभरलाई कुटपिट गरेसँगै कारमा आगजनी गर्दै सडक समेत अवरुद्ध पारेका थिए।

सरकारले यस घटनामा ज्यान गुृमाउनेको परिवारलाई चाररचार लाख रुपैयाँ दिने घोषणा गरेको छ।

More News last news
Loading...