काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आब्हान गरेको नेपाल बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ। तर काठमाडौं उपत्यकामा भने बन्दको असर निकै सामान्य देखिएको छ।
सार्वजनिक सवारी साधन अन्य दिनभन्दा कम चलेका छन् भने स्कुल तथा क्याम्पसहरु बन्द छन्। उपत्यका भित्रने र बाहिरिने सवारी साधनमा पनि कमि आएको प्रहरीले जानकारी दिएको छ।
बन्दमा कुनै अप्रिय घटना घट्न नदिन बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरीको छ।
बन्द आब्हानका कारण, विराटनगर, इटहरी, वीरगञ्ज, हेटौडा, चितवन, पोखरा, बुटवल,दाङ, धनगढी, महेन्द्रनगर लगायतका स्थानको पनि जनजीवन भने प्रभावित बनेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
