रेशम चौधरीको खुट्टामा साङ्गो बाध्नेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीले वीर अस्पतालमा उपचाररत बन्दी रेशम चौधरीको खुट्टामा फलामको नेल लगाइएको घटनाप्रति गम्भिर चासो देखाएका छन्। अस्पतालको बेडमै सांसद चौधरीलाई नेल लगाएर राखिएको समाचार बाहिर आएपछि प्रधानमन्त्री ओलीले यस घटनामा चासो दिएका हुन्।

प्रधानमन्त्री ओलीले नेल बाँध्न लगाउनेलाई कारबाही गर्न निर्देशन समेत दिएका छन्। शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई फोन गरेर चौधरीको खुट्टामा नेल लगाउनेहरुलाई तत्काल कारवाही गर्न निर्देशन दिएको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ।

Advertisement

टीकापुर हत्याकाण्ड घटाएको अभियोगमा कैद भोगिरहेका राजपाका निर्वाचित सांसद चौधरीलाई मेरुदण्डमा समस्या आएपछि वीर अस्पताल भर्ना गरिएको थियो। अस्पतालको बेडमा उनको खुट्टामा १४ किलोको फलामको नेलले बाँधेर राखिएको समाचार बाहिरीएपछि सामाजिक सञ्जालमा त्यसको चर्को आलोचना भएको थियो।

More News last news
Loading...