काठमाडौँ । पूर्वी भेगबाट बिहीबार प्रवेश गरेको मनसुन अहिले मध्यक्षेत्रमा आइपुगेको छ। यो वर्षको मनसुन १० दिन ढिलो गरी बिहीबार मात्रै नेपाल भित्रिएको हो।
पूर्वी भेगमा आइपुगेको मनसुन पश्चिम क्षेत्रमा प्रवेश गरेसँगै देशैभर मनसुन सक्रिय हुने मौसम तथा पूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुन पश्चिमसम्म पुग्न अझै दुई दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अबको दुई दिन पूर्वमा बढी र मध्य तथा पश्चिममा कम पानी पर्ने अनुमान गरिएको महाशाखाले जनाएको छ।
आज देशको पूर्वी तथा मध्यभागमा बदली रहने र पश्चिमी भागमा आशिंकदेखि सामान्य बदली तथा छिट्पुट वर्षा हुने अनुमान गरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
