केपी ओली र प्रचण्डको मिलेमतोमा मन्त्री हेरफेर

काठमाडौँ । दुई तिहाई बहुमतको सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी ओली अहिले केही अप्ठ्यारोमा परेका हुन् कि भन्ने विश्लेषण गर्न थालिएको छ।

केही विधेयकहरु विवादमा पर्नु र संसदमा दर्ता भइसकेका विधेयक पनि फिर्ता गर्नुपर्ने अवस्था आयो। विवादमा केही मन्त्रीहरुको कामप्रति असन्तुष्टी पनि बढ्दै गएको छ। यस्तो अवस्थामा अहिले मन्त्री हेरफेरको चर्चा सुरु भएको छ।

Advertisement

केपी ओलीले सरकारको नेतृत्व गर्दै गर्दा जनता निकै उत्साहित थिए। लामो समय संक्रमण कालमा अस्थिर सरकार भोगेका जनताले चुनावमार्फत बहुमतको म्याण्डेट पाएको ओली सरकारलाई विश्वास गर्नु स्वभाविक थियो। तर जनताले गरेको अपेक्षाअनुसार सरकारले काम गर्न सकेको अनुभूति हुन सकेन। प्रतिपक्षी दल नेपाली कांग्रेसले मात्रै होइन, अन्य विभिन्न संघ, संगठन र समुहले पनि सरकारको आलोचना र विरोध गर्दै आएका छन्।

पछिल्लो समय गुठी विधेयकमा सरकार चुकेपछि त प्रधानमन्त्री ओली निकै कमजोर भएको विश्लेषण हुन थालेको छ। यही समयमा सत्तारुढ दल नेकपाकै अध्यक्ष पुष्पकमल दाहालले मन्त्री हेरफेरको सम्भावना रहेको खुलासा गरिदिए। अध्यक्ष दाहालले मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्रीसँग छलफल भइरहेको बताएपछि चर्चा यससम्बन्धमा चर्चा बढेको हो।

बिहीबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै नेकपा अध्यक्ष दाहालले बजेटपछि सरकार केही न केही पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट छलफल भएको खुलासा गरेका हुन्।

सत्तारुढ दल नेकपाभित्र पनि सरकारको कामप्रति आलोचना भइरहेको छ। जनताको अपेक्षाअनुसार काम गर्न शीर्ष नेताहरुले बारम्बार सुझाब दिइरहेका छन्। यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि सरकार एकलौटी ढंगले जनविरोधी काम गर्न तल्लिन भएको अरोप लगाउँदै आएको छ।

मन्त्रीमण्डल हेरफेर हुन सक्ने सम्भावनालाई बहालवाला मन्त्रीहरुले पनि नकार्न सकेका छैनन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पनि मन्त्री हेरफेरको चर्चा चलेको स्वीकार गर्दै प्रधानमन्त्रीले आवश्यकताअनुसार निर्णय लिन सक्ने बताए। मन्त्री पण्डितले प्रधानमन्त्रीले ओलीले जुनसुकैबेला अधिकार प्रयोग गरेर मन्त्री हेरफेर गर्न सक्ने बताएका छन्।

ओली नेतृत्वको सरकारमा अहिले २४ जना मन्त्री छन्। पूर्व नेकपा एमालेबाट १३ मन्त्री र २ राज्यमन्त्री, पूर्व माओवादी केन्द्रबाट ८ मन्त्री र १ राज्यमन्त्री छन्। त्यसैगरी समाजवादी पार्टी नेपालबाट २ मन्त्री र एक राज्यमन्त्री छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधनपछि यो मन्त्रालय प्रधानमन्त्री ओलीले नै हेर्दै आएका छन्। संविधानमा मन्त्रीपरिषद २५ सदस्यीयसम्म बनाउन पाइने व्यवस्था छ। रिर्पोर्टस क्लबको सहयोगमा

More News last news
Loading...