विप्लवद्वारा ४ दिने आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ४ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या भएको विरोधमा नेकपाले ४ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । आज एक विज्ञप्ति जारी गर्दै नेकपाका महासचिव विप्लवले ४ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्।

Advertisement

ओली नेतृत्वको सरकारले मुठभेडका नाममा देशव्यापी रुपमा निशस्त्र कार्यकर्ता माथिको हत्याश्रृंखला बढाएको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरिएको महासचिव विप्लवले विज्ञप्तिमा जनाएका छन्।

More News last news
Loading...