सर्लाहीको लालबन्दीमा प्रहरी र विप्लव समूहबीच भिडन्त, जिल्ला इञ्चार्ज मारिए

काठमाडौं । सर्लाहीको लालबन्दीमा नेपाल प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको छ ।

प्रहरीको गोली प्रहारबाट एकजनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेलले पुष्टि गरे । प्रहरीका अनुसार मृत्यु हुनेमा कुमार पौडेल रहेका छन् ।

Advertisement

पौडेल ‘विप्लव’ समूहको सर्लाही जिल्ला इन्चार्ज रहेको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।

घटनास्थलमा जिल्लाबाट प्रहरी टोली गएको र थप विवरण आउन बाँकी रहेको छ ।

More News last news
Loading...