लोकसेवाको विवाद रोक्ने वा अगाडी बढाउने, आज सुनुवाई हुँदै

काठमाडौं । सर्वोच्च अदालतले लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादसम्बन्धी सबै निवेदनलाई एकै साथ राखेर हेर्न आदेश जारी गरेको छ।

न्यायाधीशद्वय दीपककुमार कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आज लोकसेवा आयोगको सो विज्ञापनसम्बन्धी परेका चारवटै निवेदनलाई सँगै राखेर हेर्न आदेश जारी गरेको हो । ती सबै निवेदनको सुनुवाई बुधबारका लागि तय गरिएको छ।

Advertisement

आयोगले स्थानीय तहका विभिन्न पदका लागि गरेको विज्ञापनको विवादमा परेका चारवटै मुद्दामा सुनुवाई भइसकेको छ। ती सबैलाई एकै ठाउँमा राखेर सुनुवाई गर्ने तय भएको हो।

आयोगले गत जेठ १५ गते देशभरका ५१५ स्थानीय तहका लागि भन्दै नौ हजार १६१ पदका लागि विज्ञापन गरेको थियो। जुन विज्ञापन समावेशी सिद्धान्तविपरित भएको रिट निवेदनमा उल्लेख थियो।

More News last news
Loading...