लोक सेवाले आवेदन दिने समय थप्यो, आयोगको विज्ञप्तिसहित

काठमाडौँ । विरोधका बीच लोक सेवा आयोगले स्थानीय तहका विभिन्न पदमा पदपूर्तीका लागि आवेदन दिने समय एक साता थपेको छ।

सर्भरमा चाप भई दरखास्त अपलोड गर्न कठिनाई उत्पन्न भएको गुनाशो आएपछि आयोगको आज बसेको बैठकले म्याद थप्ने निर्णय गरेको हो। आयोगका अनुसार अब निवेदकले १० गतेसम्म दरखास्द दिन पाउने छन्। त्यस्तै १० गतेदेखि १७ गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दाखिला गर्न सकिने छ।

Advertisement

स्थानीय तहका ९ हजार १६१ पदमा पदपूर्तिका लागि आयोगले खोलेको विज्ञापनमा आवेदन दिने अन्तिम म्याद मंगलवारसम्म थियो।

संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्न आदेश दिएपनि आयोगले दरखास्तको समय थप गरेको हो।

आयोगको विज्ञप्ति

More News last news
Loading...