काठमाडौँ । कर्णाली नदीमा जीप खस्दा जीपमा सवार सबै यात्रु वेपत्ता भएका छन्।
मंगलबार दिउँसो हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को खार्पुनाथबाट सदरमुकाम सीमकोट जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप स्थानीय याङ्चु सडकबाट कर्णाली नदीमा खसेको हो। दुर्घटना भएको जीपमा कम्तिमा १० यात्रु सवार थिए।
हुम्लाका प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले दुर्घटनामा जीपसहित सबै यात्रु बेपत्ता भएको बताए।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको प्रयासमा उद्धार अहिले जीप र यात्रुको खोजी भइरहेको जनाइएको छ।
यसैबीच दुर्घटनामा खार्पूनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धु शाही हमालसहित उनका पारिवारिक सदस्यहरू रहेको खुलेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
