यस्तो देखियो जिवेश, रियासा अभिनित म्युजिक भिडियो (भिडियोसहित)

कलेज नेपालका आजकलका लव वेब सिरिजबाट युवापुस्तामाझ लोकप्रिय भएका जिवेश सिङ गुरुङ, रियासा दाहाल अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ। टिका प्रसाईँ, नविन रावल, मिलन विष्टको स्वरमा रहेको गीतमा जिवेश, रियासाको साथमा कञ्चन खड्काको समेत अभिनय रहेको छ।

कमिक शैलीमा निर्माण गरिएको म्युजिक भिडियोमा जिवेश, रियासा र कञ्चनको आकर्षक नृत्य गरेका छन्। राजिव समरको निर्देशनमा बनेको म्युजिक भिडियोमा अर्जुन तिवारी एण्ड टिमको सिनेम्याटिग्राफी रहेको छ।

Advertisement

गीतमा मिलन विष्टको शब्द तथा नविन रावलको संगित रहेको छ। पवन सुस्लिङको सम्पादन रहेको भिडियोलाई गणेश बोहोराले निर्माण गरेका हुन्।

हेर्नुस् भिडियो

More News last news
Loading...