काठमाडौं । सातवटै प्रदेश आफ्नो दोस्रो बजेट ल्याउने अन्तिम तयारीमा जुटिरहेका छन्। चालु वर्षको पहिलो बजेटमार्फत केही अनुभव हासिल गरिसकेका प्रदेशका अर्थ मन्त्रालयमा यतिबेला निकै व्यस्तता बढेको छ।
अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले प्रदेश सरकारले असार १ गते नै राजस्व र व्ययको अनुमान (बजेट) ल्याउनुपर्ने अनिवार्य व्यवस्था गरेकाले आउँदो आइतबार सबै प्रदेशले बजेट ल्याउँदै छन्।
प्रदेश अर्थमन्त्रीहरूले प्रदेशसभामा आफ्नो बजेट पेस गर्नेछन् । पहिलो बजेटमध्ये औसतमा २२ प्रतिशत खर्च गरेका प्रदेश सरकारले बजेटको आकार पनि राम्रैसँग बढाउने तयारी गरिरहेका छन् । प्रदेश सरकारका लागि महत्त्वपूर्ण स्रोत केन्द्र सरकारको अनुदान निर्धारण भइसकेको छ।
कान्तिपुरलयातका पत्रिकाले लेखे अनुसार केन्द्र सरकारले जेठ १५ गते ल्याएको बजेटमार्फत ४ प्रकारका अनुदानको रकम, राजस्व बाँडफाट र प्राकृति स्रोतको रोयल्टीको रकम निश्चित भइसकेको छ। आन्तरिक राजस्व, आन्तरिक ऋणलगायत आफ्नो आम्दानीको अनुमानित रकमलाई आधार मानेर बजेटको आकार प्रदेश सरकारले तयारी गरिरहेका छन् । सबैजसो प्रदेशले आउँदो बजेट औसतमा १७ प्रतिशतले वृद्धि गर्ने योजनामा छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
