गुजरात । भारतको गुजरातस्थित सुरेन्द्र नगरको जिल्ला थानगढमा एकजना दलित युवक प्रकाश कान्तिभाईको बुधवार अबेर राति छुरा हानेर हत्या गरिएको छ।
प्रहरीका अनुसार, तीन जनाले प्रकाशको घरमा गएर आक्रमण गरेका थिए। आक्रमणमा घाइते भएका प्रकाशको अस्पतालमा उपचारका क्रममा निधन भएको हो। अन्य दुईजना गम्भीर घाइते छन्। थानगढ प्रहरी चौकीमा एससी एसटी ऐन अनुसार उजुरी दर्ता गरिएको छ। प्रहरीले दुई जनालाई हिरासतमा लिएको छ।
प्रकाश थानगढस्थित सेरामिक कारखानामा कार्यरत मजदुर थिए। उनको परिवारमा पत्नी र दुई छोराछोरी छन्। प्रकाशको हत्यापश्चात् दलित समुदायले प्रहरी चौकी अगाडि धर्ना प्रदर्शन गरेर र शव लिन अस्वीकार गरेका थिए।
घरैमा आएर मेरो भतिजालाई मारे
बुधवार अबेर राती थानगढको मफतियापरा क्षेत्रमा यो घटना भएको हो। त्यसमा प्रकाश गम्भीर घाइते भए र उनलाई उपचारका लागि राजकोट लगिएको थियो। त्यहाँ उपचारका क्रममा उनको मृत्यु भयो।
प्रकाशका काका बाबुभाई परमारले गुजरातीसँग कुराकानी गर्दै भने, प्रकाश र उनको परिवार आफ्नै घरमा बसिरहेका थिए। त्यसै बेला ती मानिसहरू घर बाहिर आए र अपशब्द बोल्न शुरू गरे। उनले ती मानिसहरू आफूलाई पिट्न आएको बताउँदै भने, उनीहरूले हाम्रो जातिलाई जोडेर नराम्रो कुराहरू भने। त्यसपछि उनीहरूले मेरो भतिजाको बारेमा सोध्न थाले। त्यसैले गर्दा केटाहरू डराएर र घर भित्र गए।
उनका अनुसार आक्रमण गर्न तीनजना मानिस आएका थिए। परमारले भने, उनीहरूले हामीलाई घरबाट तानेर बाहिर निकाले र चिच्याएर बाबु परमारको घर कुन हो ? भनेर सोधे। उनीहरूको हातमा हतियार थियो, त्यो देखेर मानिसहरू डराए र आफूहरूलाई केही पनि थाहा नभएको बताए। त्यसपश्चात् उनीहरूले प्रकाशलाई आक्रमण गरे।
बाबुभाईका अनुसार उनी सामान्यतयाः प्रकाशकै घरमा गएर बस्ने गर्छन्। त्यस दिन भने उनी बाहिरबाट आएको र थाकेकाले प्रकाशको घर गएका थिएनन्।बीबीसीको सहयोगमा
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
