दाङ । दाङमा शनिबार बिहान सिमेन्ट उद्योगको ढलान भत्किँदा तीन जनाको मृत्यु भएको छ। घटनामा अन्य तीन जना घाइते भएका छन्। लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माण गर्ने क्रममा छैटौँ तलाको सट्रिङ भत्किएको हो ।
मृत्यु हुने मजदुरमा भारत झारखण्ड घर भएका ४५ वर्षीय मंगल कस्यव, ४६ वर्षीय साहेब र २२ वर्षीय दयाल हरेन रहेका छन्।
घटनामा गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि बुटवल लगिएको प्रहरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
