रिलिजको २४ घण्टा नबित्दै ‘नाई नभन्नू ल ५’ युट्युबको ट्रेन्डिङ्ग १ मा (चलचित्र सहित)

काठमाडौँ । बिकास आचार्यको निर्देशनमा तयार चलचित्र “नाई नभन्नू ल ५ ” युट्युबमा रिलिज भएको छ।

दर्शक श्रोताहरुको मन जित्दै १ देखि ५ सम्म बनेको सिक्वेल चलचित्र “नाई नभन्नू ल ५ ” पनि उत्तिकै रुचाईएको छ र अहिले सार्वजनिक भएको २४ घण्टा नबित्दै यो समाचार तयार गर्दा २३ घण्टाको अवधिमै युट्युबको ट्रेन्डिङ्ग १ मा १,९५९१२७ भ्युज प्राप्त गर्न सफल भएको छ।

Advertisement

चलचित्रमा स्वस्तिमा खड्का, अभिषेक नेपाल, बुद्धि तामाङ, जयनन्द लामा, दिलिप रायमाझी, उत्तम केसी, निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ।

सामिप्यराज तिमिल्सिना र विकास आचार्यको कथा, पटकथा तथा संवाद रहेको यस चलचित्रमा हरिबोल भण्डारी र गौरी जोशी निर्माता रहेको छ भने दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र विष्णुमणी दाहाल चलचित्रको कार्यकारी निर्माता हुन।

More News last news
Loading...