काठमाडौं । दुई साता अघि युट्युबमार्फत सार्वजनिक ‘गलबन्दी’ बोलको गीत अहिले चर्चामा छ । पछिल्लो ६ दिनदेखि लगातार युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा रहेको गीतलाई शनिबार साँझसम्म ८८ लाखभन्दा धेरैपटक हेरिसकिएको छ ।
जे चिजको धेरै चर्चा हुन्छ, त्यसको सकारात्मक र नकारात्मक पाटो बाहिरिनु स्वभाविक मानिन्छ । यस्तै भएको छ प्रकाश सपुतको अहिले बाहिर आएको गीत ‘गलबन्दी’को पनि । मौलिकपन झल्कने भनी व्यापक चर्चा पाएको गीतलाई अहिले चोरीको भन्न थालिएको छ ।
सामाजिक सञ्जालमा गीत चोरी भएको भन्दै प्रकाश सपुतको चर्चा सँगसँगै आलोचना पनि हुन थालेको छ । गीतको लय, शब्द, भिडियो र प्रकाश सपुत स्वयंले व्यापक चर्चा पाइरहँदा सामाजिक सञ्जालमा उनलाई गीत चोरेको आरोप लाग्न थालेको छ।
शम्भु राईको गीत चोरी भयो भन्ने हल्ला चल्न थालेको छ । शम्भु राईको ‘आउ नाचौँ साथी हो कम्मर कसेर’ बोलको गीतसँग प्रकाशको ‘गलबन्दी’ बोलको गीत मिलेको देखिन्छ ।
‘गलबन्दी’ गीतको भाका गाउँदा प्रयोग भएको लय शम्भु राईको गीतसँग मिलेपछि केही मत्थर भएको ‘गलबन्दी’ले फेरि चर्चा पाएको छ । शुरुमा मौलिकपन झल्कने भन्दै प्रशंसा भएर चर्चा पाएको गीत अहिले भने चोरीको आरोपका कारण चर्चामा छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
