काठमाडौँ । सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा बिहीबार साँझ आएको हावाहुरीका कारण २ जनाको ज्यान गएको छ। १०० भन्दा बढी घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
हावाहुरीमा सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरमा गरी ५३ जना घाइते भएका प्रहरीले जनाएको छ।
बिहीबार साँझ ८ बजेतिर आएकाृ हावाहुरीमा परि कञ्चनपुरमा पुरुष ३, महिला ८, बालक ५ र बालिका ५ जना गरि जम्मा २१ घाइते भएको जिल्ला प्रहरी कार्यालय भामदत्तनगरका डीएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए।
यस्तै कैलाली आसपासमा जम्मा ३२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी सुदिप गिरीले जानकारी दिए।
एसपी गिरीका अनुसार रातको समय भएकाले अन्य क्षतिको विवरण भने आउन सकेको छैन। तर रुखहरु ढलेका छन् भने सयौं घरका छानाहरु उडाएको छ। घाइतेहरुको अहिले स्थानीय अस्पतालमा उपचार भईरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
