यात्रु नपाएपछि नेपाल एयरलाइन्सको जापान उडान सरेको सर्‍यै

काठमाडौँ । नेपाल वायुसेवा निगमले जापान उडानमा पर्याप्त यात्रु नपाएपछि उडान सारेको छ।

असार र साउन जापानका लागि अफ सिजन रहेको र यात्रुको चाप कम भएसँगै निगमको जापान उडान फेरि सरेको छ।

Advertisement

असार १९ बाट जापानको ओसाका उडान गर्ने गरी तयारी थालेको निगमले यात्रुको अभाव भएसँगै उडानतालिका पर सारेको छ। पर्यटकीय सिजन शुरू भएसँगै उडान गर्ने योजना रहेको छ।

साउनको अन्तिम वा भदौको शुरूतिर उडान गर्ने गरी आन्तरिक तयारी थालिएको निगमका सहप्रवक्ता नवराज कोइरालाले बताए ।

More News last news
Loading...