स्याङ्जा । सूर्योदय लघुवित्त वित्तीय संस्था लि को दोस्रो चरणको बार्षिक समीक्षा तथा बजेट तर्जुमा पाल्पाको तानसेनमा शुरू भएको छ ।
स्याङ्जा जिल्लामा केन्द्रीय कार्यालय रही २३ जिल्लामा कारोवार गरेको वित्तीय संस्थाको प्रदेश नं ५ र ६ का २७ शाखा प्रमुखहरू सहितको दोस्रो चरणको २ दिने गोष्ठि आयोजना गरिएको हो । संस्थाका अध्यक्ष अनन्तकुमार श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्दै कर्जा लगानी र बचत अभियानबाट दिदी बहिनीहरूको नेतृत्वबाट समृद्ध घर परिवार निर्माण गर्ने संस्थाको लक्ष्य रहेको बताए ।
संस्थाले करिव ३७ हजार सदस्य मार्फत १४७ करोड लगानी गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत मोक्ष पंगेनीले समीक्षा अवधिमा संस्थाले योजना अनुसार नै प्रगति हासिल गरेको र आगामी बर्षका लागि योजना बनाउनका लागि तथा शाखा प्रबन्धकहरूको क्षमता अभिबृद्दिका लागि कार्यक्रम आयोजना भएको कुरा बताए ।
कार्यक्रममा सूर्योदय लघु वित्त वित्तिय संस्थाको तानसेन पाल्पामा आयोजना भएको वार्षिक योजना तर्जुमा गोष्ठीको अवसरमा सूर्योदय लघु वित्त वित्तीय संस्था लिको बार्षिक कार्यक्रम अनुसार संस्थाका ५० वटा शाखाहरू मध्येबाट उत्कृष्ट १ शाखालाई उत्कृष्ट शाखाका रूपमा मच्छि शाखा प्युठान पुरस्कृत भएको छ । शाखा प्रमुख संजिव चौधरीलाई संस्थाका अध्यक्ष अनन्त कुमार श्रेष्ठ १० हजार १ नगद सहितसम्मान प्रदान गरे ।
आ.ब.०७४÷७५ मा संस्थामा भएका सहायक स्तरका १६० कर्मचारी मध्ये उत्कृष्ट कर्मचारी मच्छी शाखा प्युठानकैै रिता भण्डारीले रु ७५०० नगदसहित सम्मानित भईन् । कार्यक्रममा संस्थाका संचालक एक बहादुर गोदार दुर्गा शाह बाबा, तारा शर्मा र नारायण पौडेल कार्यक्रममा सहभागी रहेका थिए ।
उद्घाटन कार्यक्रमको संचालन आन्तरिक लेखापरिक्षण विभाग प्रमुख जय नारायण शर्माले सञ्चालन गरेको कार्यक्रममा रिलायबल लाईफ ईन्सुरेन्स का तर्फबाट प्रदेस नं ५ का प्रमुख सुरेन्द्र थापाले ईन्सुरेन्स सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
