काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफैंले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ समूहसँग वार्ताको थालनी गरेको खुलासा भएको छ।
सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक वार्ता समूहका संयोजक सोमप्रसाद पाण्डेका अनुसार सरकार र विप्लव समूहबीच वार्ताको प्रयास भैरहेको छ। तर, ठोस रुपमा वार्ताको थालनी भने भैनसकेको पाण्डेको दाबी छ।
सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा कुरा गर्दै नेकपाका स्थायी समिति सदस्य समेत रहेका नेता पाण्डेले यस्तो बताएका हुन्। उनले भने, विप्लवसँग वार्ताको प्रयास भैरहेको छ। अब छिट्टै निश्कर्षमा पुग्छ।’ उनले प्रधानमन्त्री ओलीले विप्लवसँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता गर्नसक्ने संकेत गरे।
हेर्नुहोस् अन्तरवार्ताको भिडियो
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
