एजेन्सी । जापानको टोरिस् हिमा द्वीप क्षेत्रमा मङ्गलबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको मौसम विज्ञान निकायले जानकारी दिएको छ। यस भूकम्पको केन्द्रविन्दु ४ सय ४० किलो मिटर गहिराईमा रहेको जनाइएको छ। यस भूकम्पपछि सुनामीको सूचना जारी गरिएको छैन।
स्थानीय समयानुसार मङ्गबार अपराह्न १ः४५ मा उक्त भूकम्प गएको थियो। यस भूकम्पपछि धनजनको क्षतिको कुनै समाचार प्राप्त भएको छैन। जापान भूकम्पबाट बारम्बार प्रभावित हुने मुलुक हो।
जापानमा सन् २०११ मा आएको ९.० म्याग्निच्युडको भूकम्पपछिको सुनामीमा परी करिब १९ हजारको मृत्यु भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
