काठमाडौं । सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ईद उल फित्रका अवसरमा जेठ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गत जेष्ठ १० गते बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम धर्मावलम्बीको पर्व ईद उल फित्रका अवसरमा सार्बजनिक बिदा दिने घोषणा गरेको थियो ।
आज एक विज्ञप्ती जारी गर्दै गृह मन्त्रालयले भनेको छ, मन्त्रिपरिषद्ले मुस्लिम धर्मावलम्बीको पर्व ईद उल फित्रका अवसरमा सार्बजनिक बिदा दिने घोषणा गरेको उक्त दिन बुधबार जेठ २२ गते पर्ने भएकाले सार्बजनिक बिदा हुने व्यहोरा सम्बन्धित सबैका लागि अनुरोध छ, विज्ञप्तीमा भनिएको छ।
गृह मन्त्रालयको विज्ञप्ती

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
