नयाँदिल्ली । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राजधानी नयाँ दिल्लीमा चल्ने सार्वजनिक बसमा महिलालाई निशुल्क यात्रा गर्न दिने घोषणा गरेका छन् ।
डीटीसी र क्लस्टर बस तथा मेट्रो रेलमा महिलालाई निशुल्क यात्रा गर्न दिने घोषणा मुख्यमन्त्री केजरीवालले गरेका हुन् ।
मुख्यमन्त्री केजरीवालले यो नियमलाई दुईदेखि तीन महिनाभित्र लागु गर्ने पनि जनाएका छन् । उनले महिलाहरु टिकट किनेर नै यात्रा गर्न चाहन्छन् भने उनीहरुले त्यो पनि गर्न सक्ने तर यसका लागि लाग्ने खर्च दिल्ली सरकारले व्यहोर्ने समेत बताएका छन् ।
यसबारे दिल्ली मेट्रोसँग कुराकानी भइसकेको समेत उनले जनाएका छन् । दिल्ली सरकारका अनुसार यो वर्ष सात सयदेखि आठसय करोड त्यसका लागि खर्च लाग्न सक्छ । यो खर्च पनि दिल्ली सरकारले नै व्यहोर्नेछ ।
दिल्लीमा सरकारी बसमा ४० लाख मानिसले यात्रा गर्ने र त्यसमा ३० प्रतिशत महिला रहने अनुमान गरिएको छ । बीबीसी
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
