आज निकै राम्रो छ यी ९ राशिको भाग्य, हेर्नुहोस् सोमबारको राशिफल

मेष
आफ्ना समस्या आफैबाट समाधान गर्ने प्रयत्न गर्नुहोला। अरुको भरोसामा काम गर्ने स्थिति कमै देखिन्छ। लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन घट्नेछ। नोकरी तथा राजनीति क्षेत्रबाट उपलब्धि कम हात लाग्नेछ । आफुलाई ज्ञान नभएको विषय बस्तुमा लगानी नबढाउनु होला।

वृष
समयको महत्वलाई नभुलि अगाडि बढ्नु होला । समयमा गरेका अधिकाँश काम सफल हुनेछन् । जति सक्रिय भएर लाग्यो उत्ति नै आफुलाई फाइदा हुनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । मनोरञ्जनात्मक गति विधि बढि हुनेछन् । पेशा परिवर्तनको चाहान बढ्नेछ । साथी भाई इष्टमित्रबाट अल्प सहयोग मिल्नेछ ।

Advertisement

मिथुन
समयले आज पनि साथ दिने देखिन्न । काममा बाधा व्यवधान आउने छन् । कार्य लगनशिलता बढाउनु होला । काम गर्दा आर्थिक अभाव महशुस हुनेछ । खर्च नियन्त्रणमा जोड दिनुहोला । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ । सहयोग गर्ने कोहि हुने छैनन उल्टो खुट्टो तान्ने छन् । मिथ्या कुराले सताउनेछ ।

कर्कट
सामान्यतया दिन अनुकुल जस्तै देखिन्छ । समयको उपयोग गर्नु होला, ढिलो गरेमा उपलब्धि त्यत हुने छैन। लगनशिल भई गरेका कामबाट लाभान्वित हुनुहुनेछ । सहयोगको आशा धेरै नराख्नु होला । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट मुनाफ राम्रैै हुनेछ । पढाई लेखाईमा कम ध्यान जानेछ । पारिवारिक सहयोग मिल्नेछ।

सिंह
आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । लगानी अनुसारको व्यापार व्यवसायबाट मुनाफा हुनेछ । गएका ठाँउमा आर्जन र भोर्जन राम्रै मिल्नेछ । कमाएको धनलाई बचाउने प्रयास गर्नुहोला । नोकरी तथा राजनीतिमा नयाँ ठाँउ मिल्न सक्छ । काम गरेर दाम कमाउने अवसरहर आउने छन् । सामाजिक दायित्व बढ्नेछ

कन्या
समयको गति सगै काममा सुधार आउनेछ । गतिरोधहरु विस्तारै हटेर जाने छन् । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । आफन्तको सहयोग लिएर काम गर्नु होला आँशिक भए पनि सफलता मिल्नेछ । आर्थिक क्षेत्रमा सुधारका संकेत देखिने छन् । राजनीति विषयमा चासो बढ्नेछ तर उपलब्धि भने कम मिल्नेछ । यात्राको योग देखिन्छ ।

तुला
समयले कम साथ दिनेछ अरुको भर परेर काम गर्ने अवस्था रहने छैन । काम गर्ने वातावरण मिलाउन गाह्रो हुनेछ । चञ्चलता बढ्नेछ । गलत चिन्तनको शिकार भईनेछ । परिश्रमको प्रतिफल कम मिल्नेछ । धार्मिक विश्वास घट्नेछ । पठन पाठनमा सामान्य सुधार आउनेछ । काम गर्दा इज्जतको ख्याल राखेर गर्नु होला ।

वृश्चिक
दिन अनुकुल जस्तै देखिन्छ । समयमा गरेका अधिकाँश काम सफल हुनेछन् । यात्राको सम्भावनालाई नकार्न सकिन्न । पारिवारिक सहयोगमा काम बन्ने छन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । काममा ढिला सुस्ति नगर्नु होला आफैलाई घाटा हुनेछ । पढाई लेखाईमा रुची जाग्नेछ । कमाएको धनलाई वचाउने प्रयास गर्नु होला ।

धनु
असम्भव देखिएका कुरा सम्भव हुनेछन् । पुराना विवादको अन्त्य हुनेछ । नयाँ कार्य योजनाको बारेमा विचार विमर्श हुनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी बढ्नेछ । ऋणमा काम गर्ने प्रयास नगर्नु होला । मित्र चिनेर मात्र आर्थिक कारोवार गर्नुहोला । विना सोच विचार गरेका कामबाट दुःख पाईनेछ ।

मकर
नजीकका व्यक्तिको सहयोग लिएर काम गर्दा ठीकै हुनेछ । काममा हेचक्र्याई भएमा नोक्सान बढि आफैलाई हुनेछ । कला सहित्यमा थोरै अभिरुची बढ्नेछ । पठन पाठनमा सामान्य प्रगति हुनेछ । साझेदारी काममा हात नहाल्नु होला । नोकरी तथा राजनीतिबाट उपलब्धि कम हात लाग्नेछ । खर्च बढ्नेछ ।

कुम्भ
काम गर्दा बुझेर गर्नु होला,विना बुझाईका कामबाट घाटा हुनेछ । भोग विलासिता तिर बढि मन जानेछ । व्ययभार बढ्नाले आर्थिक सन्तुलन विग्रिने छ । आशा गरेका ठाँउबाट सहयोग मिल्ने छैन । व्यापार व्यवसायमा गिरावट आउनेछ । महत्वकाँक्षी योजना अगाडि बढाउदा दुःख पाईनेछ । श्रम बढि उपलब्धि कम हात लाग्नेछ ।

मिन
समय आउछ पर्खिदैन ध्यान दिएर काम गर्नु होला। समयम फुत्किए पछि उपलब्धि फुत्किनेछ। साथी भाईबाट उचित सहयोग सल्लाहा पाईनेछ। कार्य लगनशिलता घट्ने छैन। व्यापार व्यवसायबाट आम्दानी राम्रै हात लाग्नेछ । पढाई र सन्तानको विषयलाई लिएर मनमा थोरै असन्तोष बढ्न सक्छ। खर्च व्यवस्थापनमा ध्यान दिनु होला।

More News last news
Loading...