ट्रम्पसँग वार्ता असफल भएपछि किम जोङले दिए चार जनालाई मृत्युदण्ड

एजेन्सी । उत्तर कोरियाले गत फेब्रुअरीमा भियतनामको हानोइमा वार्ता असफल भएपछि विशेष दुतसहित परराष्ट्र मामिला हेर्ने ४ अधिकारीलाई मृत्युदण्ड दिएको छ।

यो वार्ता सफल हुन नसकेको आरोपमा उक्त वार्ताका लागि कोरियाका प्रतिनिधि किम ह्योक च्योललाई मुत्युदण्ड दिइएको दक्षिण कोरियाको पत्रिका ‘छोसुन इल्बो’ले जनाएको छ।

Advertisement

च्योलसँगै अन्य तीन अधिकारीले पनि मृत्युदण्ड पाएका छन्। सर्वोच्च नेता उनले भनेको कुरा ट्रम्पसमक्ष सही अनुवाद गर्न नसकेको भन्दै एक दोभाषेले एक महिनाको जेल सजाय पाएकी थिइन।

More News last news
Loading...