आज निकै राम्रो छ यी ८ राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

आज मिति २०७६ जेठ १८ शनिबार। इस २०१९ जुन १। शकसंवत् १९४१। परिधावी संवत्सर, उत्तरायण, ग्रीष्म ऋतु। नेसं ११३९ बछलागा। ज्येष्ठ कृष्णपक्ष त्रयोदशी, १६ः३२ उप्रान्त चतुर्दशी।

मेष
कुरा भन्दा काममा जोड दिनु होला । अरुको कुराको भरमा मात्रै काम नगर्नु होला । शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्षम हुनुहुनेछ । पढाई लेखाईमा थोरै ध्यान जानेछ । व्यापार व्यवसायमा सामान्य सुधार आउनेछ । अनावस्यक खर्चमा कमि आउनेछ । आफन्तबाट सहयोग सहानुभुति मिल्नेछ । आतिथ्यता ग्रहणको निम्तो आउनेछ ।

Advertisement

वृष
अस्थिरता बढ्नेछ । कार्य लनगशिलता घट्दा उपलब्धि घट्नेछ । पिताको स्वास्थ्यमा समस्या आउन सक्छ । माया दया गर्ने कोहि हुने छैन । फजुल खर्चमा वृद्धि हुनेछ । दुर्जनहरुले पिछा गर्ने छन् । व्यापारमा गरेको लगानी डुब्न सक्छ । परिश्रमको मुल्य लिन ठुलै कसरत गर्नु पर्नेछ । आस्था र विश्वासमा चोट लाग्न सक्छ । जोखिम नउठाउनु होला ।

मिथुन
मान्यजनको सहयोग सहानुभूति मिल्नेछ । आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । घर परिवारमा सुख,शान्ति मिल्नेछ । प्रयत्न गरेमा बक्यौता रकम उठ्नेछ । पुराना मित्रहरु भेटिने छन् । पढाई लेखाईमा प्रगति हुनेछ । घरमा मांगलिक काम हुनेछन् । मिलेर काम नगर्नु होला ।

कर्कट
दुर्जनहरु आफै पाखा लाग्ने छन् । असहज परिस्थितिको सामना हुनेछ । रोकिएका कामले गति लिनेछ । कर्म प्रप्तिको योग देखिन्छ । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हुनेछ । गुमेको आस्था र विश्वास पलाउनेछ । कार्य क्षमता बढ्नेछ । सहयोगी मन भेटिने छन् । सामाजिक उत्तरदायित्व बहन गर्नु पर्नेछ । स्वागत सत्कार मिल्नेछ ।

सिंह
समयमा आँशिक सुधार आउनेछ । आन्तरिक भन्दा बाह्य काम बढि हुनेछन् जसका कारण आफ्ना उपलब्धिका काम ओझेलमा पर्ने देखिन्छ । आशा र भरोसामा काम गर्दा पछि परिनेछ । घर डेराको समस्या पर्न सक्छ । पढाईमा लेखाईमा रुची बढ्नेछ । धार्मिक क्रियाकलपमा सक्रियता बढ्नेछ । फलदायी यात्राको सम्भावना देखिन्छ ।

कन्या
हेलचक्र्याई नगर्नु होला,सोच विचार काम गर्नु होला दिन प्रतिकुल छ । आशा र भरोसा निराशामा परिणत हुने सम्भावना बढि देखिन्छ । काम गर्ने वातावरण भत्किने छ । दुष्टहरुको सक्रियता बढ्नेछ । दैनिका काममा समस्या आउनेछ । मानसिक तनाव बढ्नेछ । खानपान नमिल्दा स्वास्थ्य कमजोर हुनेछ । लगानी नबढाउनु होला ।

तुला
दिन सामान्य अनुकुल देखिन्छ । हेलचक्र्याई नगरि काम गर्नु होला सपनाले साकार रुप लिनेछ । प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । पुराना समस्या समाधान हुनेछन् । दैनिका काममा प्रगति हुनेछ । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पारिवारिक सहयोग मिल्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ ।

वृश्चिक
आफ्नो काममा आफै लाग्नु होला । संघर्षबाट मात्र लक्ष्य प्राप्ति हुनेछ । शत्रुहरुले सहज रुपमा काम हुन दिने छैनन । प्रतिश्पर्धाबाट पछि नहट्नु होला अन्तिम परिणाम सुखद निस्कनेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । ऋणमा काम नगर्नु होला । मुद्धा मामिलामा जीत हुनेछ । स्वास्थ्यको ख्याल राख्नु होला ।

धनु
भ्रम उत्पन्न हुनसक्छ । प्लानिङ गरेर अगाडि बढ्नु होला । यदि समयमा निर्णय लिन सकिएन भने उपलब्धिका काम पछाडि धकेलिने छन् । आर्थिक कारोवारमा चनाखो रहनुहोला । इच्छा शक्ति बढाउनु पर्ने देखिन्छ । आफन्त पराई जस्ता हुनेछन् । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । अन्य काममा आँशिक सफलता मिल्नेछ ।

मकर
शारीरिक एवं मानसिक रुपमा कमजोर महशुस हुनेछ । भावनामा बगेर कुनै काम नगर्नु होला लक्ष्यमा पुग्न सकिने छैन । धन खर्च गरेर अरुलाई आफ्नो बनाउनुको कुनै अर्थ रहने छैन । विवादबाट टाढा बसेर काम गर्नु होला । झुट्टा कुराले सताउनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । संचित धन घट्नेछ । विसाउने चौतारी मिल्ने छैन ।

कुम्भ
काम गर्ने जोश जागर बढ्नेछ । प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । उपकारका काममा धन खर्च हुनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घर परिवार,साथी भाइबाट सहयोग मिल्नेछ । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हुनेछ । संचित धन बढ्नेछ । ज्ञान गुनका कुरा हुनेछन् ।

मिन
विश्वासमा लिएर काम गर्न सकिने छैन । कुरा भन्दा काममा जोड दिनु होला । कारोवारमा चनाखो रहनुहोला । वोलीको प्रभाव थोरै पर्नेछ । प्रयत्नहरु सफल हुनेछन् । व्यापार व्यवसायबाट मुनाफा कम हुनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । नयाँ क्षेत्रमा लगानी गर्दा एक पटक सोचेर गर्नु होला । नोकरीबाट सन्तुष्टि मिल्ने छैन ।

More News last news
Loading...