मोदी सरकारका २५ मन्त्रीले आज जिम्मेवारी पाउँदै

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि सपथ लिएका छन् ।

नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा बिहीबार साँझ ७ बजे मोदीले सपथ लिएका हुन् । करिब ८ हजार अतिथिको उपस्थितिमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट मोदीले शपथ लिएका हुन् ।

Advertisement

सपथसँगै प्रधानमन्त्री मोदीले मन्त्रिपरिषद्समेत गठन गरेका छन् । ५८ सदस्यीय मन्त्रिपरिषदमा २५ जना क्याबिनेट मन्त्री नियुक्त भएका छन् । ९ जना स्वतन्त्र प्रभार र २४ राज्यमन्त्री नियुक्त गरिएका छन्।

मन्त्रिपरिषद सदस्यको जिम्मेवारी भने शुक्रबार बेलुकीसम्म टुंगो लाग्ने जनाइएको छ । शुक्रबार नै मोदी नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठक बस्ने भएको छ। मोदी मन्त्रिपरिषदमा राजनाथ सिंह दोस्रो वरियताका मन्त्री बनेका छन्।

More News last news
Loading...