नाकाबन्दीका बेला मोदीको विशेष दूत बनेर नेपाल आएका जयशंकरले खाए मन्त्रीको सपथ

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत बनेर नेपाल आएका पूर्वविदेश सचिव एस जयशंकर भारतको परराष्ट्र मन्त्री बनेका छन् । उनले हिजो बिहीबार साँझ भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट परराष्ट्र मन्त्रीको सपथ खाएका हुन् ।

जयशंकर नेपालमा भारतले अप्रत्यक्ष रुपमा लगाएको नाकाबन्दीका बेला मोदीको विशेष दूत बनेर नेपाल आएका थिए।

Advertisement

जयशंकर भारतले नेपालमा नाकाबन्दी लगाएका बेला विदेश सचिव थिए। उनले त्यसबेला नेपालको संविधान निर्माणको कार्य रोक्न खोजेको भन्दै व्यापक आलोचना भएको थियो। उनलाई नेपाल र चीन मामला जानकार समेत मानिन्छ ।

More News last news
Loading...