जेठ २३ गते सार्वजनिक बिदा

काठमाडौं । मुस्लिम धर्मावलम्बीको पर्व ईद उल फित्रका दिन जेठ २३ गते सार्वजनिक बिदा हुने भएको छ। सरकाले उक्त दिनका लागि आजै विदाको घोषणा गरेको हो।

संचार एवं सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले बिहिबार आयोजित पत्रकार सम्मेलनमा जेठ २३ गते सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका हुन्।

Advertisement

मुस्लिम धर्मावलम्बीसँग सम्बन्धित विभिन्न संघसंस्थाले ईदमा सार्वजनिक बिदा हुनुपर्ने माग गर्दै आएका थिए।

More News last news
Loading...