काठमाडौँ । लोकसेवा आयोगले बुधबार झण्डै ९ हजार कर्मचारीका लागि विज्ञापन गरेको छ। स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला आयोगले झण्डै ९ हजार कर्मचारीको पदपूर्तिका लागि खुला विज्ञापन गरेको हो।
आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले खुलातर्फ ९ हजार र बढुवातर्फ ६ हजार कर्मचारीको पदपूर्तिका लागि विज्ञापन गरिएको बताउनुभयो।
लोकसेवाले असार तीन गतेसम्मको म्याद दिएर दरखास्त माग गरेको छ। प्रतियोगितात्मक परीक्षाबाट छनौट भएका उम्मेदवारहरुको रोजाई प्राथमिकता क्रम अनुसार स्थानीय तह तोकी सिफारिस गरिनेछ।
यसरी सिफारिस भएका उम्मेदवारलाई सम्बन्धित स्थानीय तहले नै स्थायी नियुक्ति दिनेछन्। सेवाका शर्त र तलब तथा अन्य सुविधा सम्बन्धित स्थानीय तहको कानून बमोजिम हुने विज्ञापनमा जनाइएको छ।
हेर्नुहोस् विज्ञापन
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
