काठमाडौं । अष्ट्रेलिया सरकारले नेपाल भ्रमणमा रहेका र आउन चाहने आफ्ना नागरिकलाई सचेत गराएको छ । काठमाडौंमै बम विस्फोट हुँदा ४ जनाको मृत्यु भएपछि अष्ट्रेलियाले आफ्ना नागरिकलाई यस विषयमा जानकारी गराउँदै भ्रमण गर्दा सचेत हुन आग्रह गरेको हो ।
अष्ट्रेलिया सरकारको परराष्ट्र मामिला तथा व्यापार विभागको स्मार्ट ट्राभलर वेवसाइटमा बम विस्फोटको सूचना राखेर सुरक्षा अवस्थाबारे सचेत हुन आग्रह गरिएको छ। अष्ट्रेलियाले खतराका आधारमा नेपाललाई लेभल २ मा राख्दै भनेको छ, ‘उच्च सावधानी अपनाउनुहोला ।’
२६ मे २०१९ मा काठमाडौंका धेरै ठाउँमा बम विस्फोट भएको छ। केही संख्यामा मानिसको मृत्यु हुनेका साथै केही घाइते भएको समाचारहरु आएका छन् । ठूलो भिडभाडमा नजानू र सतर्क रहनू’ नेपाल भ्रमण गर्न चाहनेहरुलाई अष्ट्रेलियाको परराष्ट्र मामिला तथा ब्यापार विभागले भनेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
