मोदीको सपथ ग्रहणसभामा सहभागी हुन प्रधानमन्त्री ओली बिहीबार भारत जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन बिहीबार भारत जाने भएका छन्।

ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले मोदीको सपथ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री बिहीबार दिल्ली जान लागेका हुन्।

Advertisement

भारतीय प्रधानमन्त्री मोदीले दोस्रो कार्यकालको सपथ कार्यक्रममा बिम्सटेक राष्ट्रका सरकार प्रमुखलाई बोलाएपछि ओली दिल्ली जान लागेका हुन्। दिल्लीमा रहँदा ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग विशेष भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ।

More News last news
Loading...