काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभर नेत्रविक्रम चन्द समूहले आह्वान गरेको नेपाल बन्दको प्रभाव परेको छ।
नेकपाले पार्टीको कार्यकर्ता तिर्थराज घिमिरको प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको भन्दै त्यसको विरोधमा नेकपाले बन्द आब्हान गरेको जनाएको छ। बन्दको पूर्वसन्ध्यामा आइतबार बेलुका काठमाडौँमा बम विष्फोट हुँदा ४ जनाको ज्यान भएको छ भने ८ जना घाइते भएका छन्।
ठाउँ-ठाउँमा शङ्कास्पद वस्तु फेला परेका कारण जनमानसमा त्रास फैलिएको छ।
पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी
बन्दको अवेज्ञा गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ समुहले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन्।
गुर्भाकोट नगरपालिका-१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्बरको बसलाई विप्लवका कार्यकर्ताले आज बिहान गोचेखोलामा आगजनी गरेका हुन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार हतियारसहित आएका विप्लवका कार्यकर्ताले चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल छर्केर आगजनी गरेका थिए। आगलागीबाट कुनै मानविय क्षति भने भएको छैन्।
नवलपरासीमा ट्रकमा पेट्रोल बम प्रहार
नवलपरासीको अरुणखोला नजिकै लु २ ख १०८ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार भएको छ। बम प्रहारवाट ट्रक चालक घाइते भएका छन् ।
त्यस्तै पोखराको पृथ्वी चोक, पृथ्वी राजमार्ग अन्र्तगत नौविसे र महादेवबेशीमा शंकास्पद बस्तु फेला परेको छ। बम भएकै आशंकामा नेपाली सेनाको डिस्पोजल टोली त्याहाँ पुगिसकेको प्रहरीले जनाएको छ।
हेटौँडामा २ वटा ट्रकमा आगजनी, २ स्थानमा बम
हेटौँडा चोकमा नेत्र बिक्रम चन्दका कार्यकर्ताले २ वटा ट्रकमा आगजनी गरेका छन्। हेटौँडामा बन्दकर्ताले ना ७ ख ९४९३ नम्बरको ट्रकमा आगजनी गरेका हुन्। आगजनीबाट ट्रकमा पूर्ण रुपमा क्षति पुगेको छ। त्यस्तै त्रिभुवन राजपथमा ना ७ ख ८००७ नम्बरको ट्रकमा आगजनी गरेका हुन्। हेटौँडाका अन्य दुई स्थानमा बम फेला परेका छन्।
पोखराका ३ ठाउँमा शंकास्पद् वस्तु
पोखराका विभिन्न तीन ठाउँमा आज बिहान शङ्कास्पद वस्तु फेला परेका छन्। पोखराको सिर्जनाचोक र फिर्केचोकको बीचमा एनसेल कार्यालय नजिक, दरबारमार्गस्थित एक पार्टी प्यालेसनजिक र नारेश्वरचोकस्थित सडकको पेटीका शङ्कास्पद वस्तु देखिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए।
ती शङ्कास्पद वस्तु राखिएको क्षेत्रलाई सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिएको छ। यसैबीच, नेत्रविक्रम चन्द ९विप्लव० समूहद्वारा आव्हान गरिएको नेपाल बन्दको प्रभाव पोखरामा परेको छ। सार्वजनिक यातायातका सवारीसाधन बिहानैदेखि गुडेका छैनन् र शैक्षिक संस्थामा पनि बन्द रहेको छ । बजारमा चियापसल खुला छन् भने अन्य व्यापारिक पसल बन्द छन् ।
मोरङमा प्रेसर कुकर बम, चन्द्रनिगाहापुरमा शङ्कास्पद वस्तु
सुन्दरहरैचा नगरपालिका वडा नम्बर ७ ठहियाचोक नजिकै प्रेसर कुकर वम फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। पूर्व पश्चिम राजमार्गमा पर्ने रौतहटको चन्द्रनिगाहापुरको मूख्य चोकमा पनि संकास्पद् बस्तु फेला परेको छ । उक्त बस्तु बम नै भएको आशंका गरिएको छ। त्यस स्थानतर्फ नेपाली सेनाको डिस्पोजल टोली गएको प्रहरीले जनाएको छ।
अर्घाखाँची, तनहुँ र बाग्लुङमा बम फेला
देशभर बन्देको प्रभाव परिरहँदा अर्घाखाँची, बाग्लुङ्ग र तनुहँमा पनि बम फेला परेका छन्। अर्घाखाँचीको सन्धीखर्क स्थित अर्घाखाँची आवासीय माध्यामिक विद्यालयमा बम फेला परेको छ। उक्त बम नेपाली सेनाको टोलीले निस्कृय बनाएको छ। तनहुँ र लम्जुङका स्थानमा पनि सेनको टोलीद्वारा निस्कृय पार्ने तयारी भईरहेको प्रहरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
