दर्शकले रुचाए प्रकाश र शान्ति श्री को ‘गलबन्दी’, २४ घण्टामै ४ लाख ओभर ‘भ्यूअर’

काठमाडौं । चर्चित गायक प्रकाश सपूत र गायिका शान्ति श्री परियारको स्वर रहेको गीत ‘गलबन्दी’ सार्वजनिक भएको २४ घण्टामै दर्शकको राम्रो माया पाएको छ ।

हिजो आईतबार मात्र युटुबमा सार्वजनिक गरिएको उक्त गीतले २४ घण्टामै ४ लाख वढी भ्यूअर पाउँदै युटुबको ५ नम्बर ट्रेन्डिङमा आईपुगेको छ । गीतमा शब्द संगीत गायक सपुतले गरेका छन् ।

Advertisement

गीतमा बोल मायाको टिमले अभिनय गरेको गीतमा प्रकाश सपुत र मोडल अञ्जली अधिकारीसहितले अभिनय गरेका छन् । परम्परागत रूपमा गाउँका विषयवस्तु गीतमा समावेश भएको छ ।

भिडियोलाई करन चैसिरले खिचेका हुन् ।

More News last news
Loading...