एजेन्सी । पति पत्नीको सम्बन्ध अटुट विश्वास र प्रेममा टिकेको हुन्छ। दुबै एक अर्कालाई हरेक कुरा शेयर गर्ने गर्दछन्। तर हरेक मानिसको कुनै न कुनै कुरा गोप्य हुने गर्दछन्, जुन कुरा नजिकको साथीसँग पनि गोप्य राखिन्छन्। यस्ता कयौँ कुरा हुन्छन्, जुन पत्नीले पतिसँग शेयर गर्दैनन्। महिलाले पतिसँग गोप्य कुरा शेयर नगर्नु यो हैन की उनले आफ्नो पतिलाई धोका दिदैछिन्। कयौँ पटक उनीहरुले आफ्नो सम्बनधलाई बचाई राख्नका लागि कयौँ कुरा शेयर गर्दैनन्। आफ्नो घरमा शान्ति बनाइ राख्नका लागि उनीहरुले यस्ता कुरा गोप्य राख्ने गर्दछन्। हामी हामी महिलाले प्राय गोप्य राख्ने कुराका बारेमा जानकारी दिदैछौँ।
घर र बच्चाका बारेमा
कयौँ पटक महिला आफ्नो घरको सम्बन्ध, बच्चासँग जोडिएका केही कुरालाई लिएर तनावमा हुने गर्दछ तर उनीहरु आफ्नो पतिसँग कुरा शेयर गर्दैनन्। उनीहरुले आफ्नो पतिले यो कुरा बुझन सक्दैनन् भन्ने सोचले उनीहरु यो कुरा शेयर गर्दैनन्।
स्वास्थ्य समस्या
प्राय स्त्री आफ्नो स्वास्थ्य समस्या पतिसँग लुकाउने गर्दछन्। यस्तो कुनै नीजि अंगसँग जोडिएका समस्या आफ्नो पतिसँग शेयर गर्न हिचकिचाउने गर्दछन्।
बचन
कयौँ पटक महिलाहरु आफ्नो पतिसँग बचतका बारेमा लुकाउने गर्दछन्। कसैले आफ्नो छुट्टै बचत गराउनका लागि यसो गर्ने गर्दछन भने कोही महिलाले आवश्यक परेमा वा पतिसँग अलग हुनु परेमा चाहिन्छ भनेर गोप्य अकाउन्ट बनाएर बचत गर्ने गर्दछन्।
मन परेको नपरेको
प्राय स्त्रीले आफ्नो पार्टनरसँग आफ्नो मन परेको वा नपरेको कुराका बारेमा खुलेर कुरा गर्दैनन्। उनीहरुले पति भन्दा पनि कुनै साथी वा थेरेपिस्टसँग सल्लाह लिन मन पराउँछन्।
जासुसी
महिलाले आफ्नो पतिलाई आफूले उनको जासुसी गरिरहेको कुरा थाहा हुन दिदैनन् । जसका लागि उनीहरुले कयौँ पटक आफ्नो पार्टनरको मोसल मिडिया ह्याक गर्ने तथा फोन चेक गर्ने गर्दछन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
