सुदूर पश्चिममा भूकम्पको धक्का महशुस

बैतडी । सुदूरपश्चिममा शनिबार राति भूकम्पको धक्का महशुस गरिएको छ। शनिबार राति ९ बजेर ८ मिनेटमा सुदूर पश्चिममा भूकम्प गएको हो।

बझाङ सदरमुकाम चैनपुरबाट पूर्वतिर कैलाश केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। उक्त भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङलगायतका जिल्लामा महशुस गरिएको थियो।

Advertisement

यसअघि गएको चैत २६ गते पनि बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ६ रेक्टर स्केलको परकम्प गएको थियो। यसका साथै चैत ४ गते पनि भारत र चीनको सीमा आसपास दार्चुलाको लिपुलेक केन्द्रबिन्दु भएर लगातार तीनपटक परकम्प गएको थियो।

२०७२ साल बैशाख १२ गते गएको शक्तिशाली भूकम्पपनि परकम्प जाने क्रम अझै रोकिएको छैन्।

More News last news
Loading...