युवती हत्याको आरोपमा चार नेपाली तिब्बतमा पक्राउ

सिमकोट । कामको खोजीमा तिब्बतको ताक्लाकोटमा पुगेका चार जना नेपालीलाई युवती हत्या गरेको भन्दै चिनिया प्रहरीले पक्राउ गरेको छ।

चिनीया युवती तिब्बतको पुराङ कन्ट्रिमा रहेको चिनिया बैँकमा युयन १० हजार रुपैयाँ जम्मा गर्न जाने क्रममा पछाडिबाट रडले टाउँको हिर्काएर हत्या गरेको खुलासा भएको छ। हत्याका आरोपी हुम्ला जिल्लाका सर्केगाडगाउँपालिका ३ उनापानी गाउँ निवासी पेज फडेरालाई आवश्यक अनुसुन्धानका लागि पुराङ कन्ट्रिको सदरमुकाम टिन्चु शहरमा लगिसकेको ताक्लाकोटबाट बहादुर लामाले बताए।

Advertisement

बैंक आसपासका क्षेत्रमा जडान भएको सिसी क्यामाराले चिनिया युबतीलाई हत्या गरेको भिडियो देखेपछि फडेरा लगायत संकास्पद अन्य ३ जनालाई चिनिया प्रहरीले प्रक्राउ गरको हो।

त्यसै गरि हत्या गरेको आंशकामा नाम नखुलेका ३ आरोपीलाई मोबाइल चोरीको आरोपमा पनि लागेको छ।

More News last news
Loading...