काठमाडौं । भारतले बिना सूचना कोसी बाँध खोल्दा नेपालका नदी आसपासका ३ सय सर्वसाधारण सम्पर्कबिहीन भएका छन्।
कोसी नदीको बहाव पश्चिमी तटबन्धतर्फ फर्काउने क्रममा भारतीय पक्षले कोसी नदीमा बनाएको प्यालट च्यानलमा शुक्रबार अचानक पानी छोडदा नेपालका झण्डै ९० परिवारका करिब ३ सय सर्वसाधारण पछिल्लो २४ घण्टा देखि वेपत्ता भएका हुन्।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१२ गोबरगाढाका ९० परिवार पछिल्लो २४ घण्टादेखि सम्पर्कविहीन अवस्थामा रहेको नगरपालिकाका मेयर शैलेशकुमार साहले जानकारी दिए।
बस्तीको पश्चिम तर्फबाट खनिएको करिब १७ किलोमिटर लामो प्यालट च्यानलमा पूर्व सुचना बिना पानी छोड्दा ३ सय परिवार सम्पर्कबिहिन भएका हुन्।
आपत्कालीन बचाउका लागि राखिएको नगरपालिकाको २ थान डुंगासहित झण्डै आधा दर्जन डुंगाहरु समेत नदीले बगाएर लगेको स्थानीयहरुले बताएका छन्। गाउँलेहरुले संकलन गरेर राखेको काठ दाउरा, घर बनाउन प्रयोग गरिने खडही सहित केही पशु चौपाया समेत नदीले बगाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
