ब्रिटेनमा नयाँ प्रधानमन्त्रीका लागि दौड सुरु

ब्रिटेन । ब्रिटेनमा, प्रधानमन्त्री टरिजा मे ले आगामी महिना पद त्याग्ने घोषणा गरेपछि कन्जरभेटिभ पार्टिको नेता को बन्ने भन्ने प्रतिस्पर्धा सुरु भएको छ। स्वास्थ्य मन्त्री म्याट ह्यान्कक त्यस्तो प्रतिस्पर्धामा सहभागी हुन चाहने पाँचौँ टोरी नेता भएका छन्।

उनले बीबीसीसँगको कुराकानीको क्रममा ब्रेक्जिट लागु गर्नु अत्यन्त जरूरी रहेको भन्दै टरिजा मेको उत्तराधिकारीले संसदबाट त्यस्तो प्रस्ताव पारित गराउनका लागि आवश्यक “सम्झौताहरू” का सम्बन्धमा “क्रुर इमानदारीता” देखाउनु पर्ने बताएका छन्।

Advertisement

सत्ताधारी पार्टिभित्रको नेतृत्वको प्रतिस्पर्धाले नै युकेको भावी प्रधानमन्त्री को हुन्छ भन्ने निर्धारण गर्दछ। आगामी जुलाई महिनाको अन्त्यसम्ममा नयाँ नेता चयन भैसक्ने कन्जरभेटिभ पार्टिका नेताहरूले अपेक्षा गरेका छन्।

टरिजा मेले शुक्रबार आफूले पार्टि नेताको पदबाट आगामी जुन ७ तारिखमा राजीनामा दिने घोषणा गरेकी थिइन् र उनले पार्टिले नयाँ नेता चयन नगर्दासम्म आफूले प्रधानमन्त्रीको पद सम्हालीरहने बताएकी थिइन्।

चयन प्रकृया
उनले टोरी ब्याकबेञ्च १९२२ कमिटि भनिने सत्तधारी पार्टिका सांसदहरूको समूहका अध्यक्ष, सर ग्राहम ब्र्याडी, सँग आफूले पद त्यागेको एक हप्तापछि नयाँ नेता चयन गर्ने प्रकृया सुरु हुनु पर्ने सहमति गरेकी छन्।

हालसम्म पाँचजना उम्मेदवारले नयाँ पार्टि नेता बन्ने दौडमा सहभागी हुने चाहना सार्वजनिक गरेका छन्। आफ्नो उम्मेदवारी घोषणा गर्दै मन्त्री ह्यान्ककले ब्रेक्जिटका कारण देखिएको गतिरोधको अवस्थाको अन्त्य गर्न अर्को आम निर्वाचन गर्न आवश्यक नरहेको बताए। उनले अर्को निर्वाचन गर्नु देशका लागि “ठूलो क्षति” को अवस्था हुने र त्यसबाट लेबोर नेता जेरमी कोर्बिन सत्तामा पुग्न सक्ने भनि व्यंग्यात्मक टिप्पणी पनि गरे।

ध्यान
त्यसको बदलामा बरू हालै संसदबाट ब्रेक्जिट सम्बन्धी सम्झौता पारित गर्ने सम्बन्धमा ध्यान केन्द्रित गरिने उनको भनाई थियो। गत वर्षको मार्च महिनासम्म कन्जरभेटिभ पार्टिसँग १ लाख २४ हजार सदस्यहरू थिए। पार्टि सदस्यहरू मध्येबाट चुनिएका पछिल्ला नेता सन् २००५ मा डेभिड क्यामरन थिए। सन् २०१६ मा टरिजा मे निर्विरोध चयन भएकी थिइन्।

कन्जरभेटिभ पार्टि सदस्यहरूले पार्टि नेतासँगै प्रधानमन्त्रीको पनि प्रत्यक्ष चयन गर्ने यो पहिलो अवसर हुनेछ। डाउनिंग स्ट्रिटबाट पद त्याग्ने घोषणा गर्दै टरिजा मेले भनेकी छन् उनको उत्तराधिकारीले जनमत संग्रहको नतिजालाई सम्मान गर्ने गरी अगाडिको बाटो रोज्नु पर्छ।बीबीसीको सहयोगमा

More News last news
Loading...