सुरत कम्पलेक्समा भिषण आगलागी, १९ विद्यार्थीको मृत्यु

काठमाडौं । भारतको सुरतस्थित एक विशाल भवनमा भिषण आगलागी हुँदा १९ जनाको जलेर मृत्यु भएको छ। शहरको तक्षशिला कम्प्लेक्समा भिषण आगलागी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भवनको दोस्रो तल्लामा विद्युत सर्किटका कारण आगो लागेको बताइएको छ। आगो लागेपछि भवनको चौथो तलमा रहेका मानिसहरुलेसमेत हाम्फालेको बताइएको छ। भवनमा अझै १० जनाभन्दा धेरै फसेको जनाइएको छ।

Advertisement

भवनबाट हामफाल्दा ४ जनाको मृत्यु भएको थियो। आगो लागेको सूचना पाएको आधा घण्टापछिमात्र त्यहाँ दमकल र फायर फाइटर पुगेको जनाइएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्।

More News last news
Loading...