प्रधानमन्त्री ओलीले दिए पूर्ण चुनावी नतिजा नआउँदै मोदीलाई बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्ण चुनावी नतिजा नआउँदै भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई दिएका छन्।

लोकसभा निर्वाचनको प्रारम्भिक मतगणनामा भारतीय जनता पार्टी (भाजपा)ले उत्साहजनक मतपरिणाम ल्याएपछि ओलीले मोदीलाई ट्वीटरमार्फत बधाई दिएका हुन्।

Advertisement

‘लोकसभा निर्वाचनमा उत्साहजनक नतिजा हासिल भएकोमा म प्रधानमन्त्री नरेन्द्र मोदीलाई हार्दिक बधाई दिन चाहन्छु’, ओलीले ट्वीटमा भनेका छन्, ‘पूर्ण सफलताका साथै आगामी दिनमा तपाईँसँग मिलेर कामगर्न तत्पर छु।’

ताजा अवस्थामा भारतपाले ३४२ सिटमा अग्रता बनाएको छ भने कँग्रेस ८६ सिटमा अग्रता बनाउँदै निकै पछाडि छ।

More News last news
Loading...