काठमाडौँ । भारतको मध्यप्रदेशको एक मतगणना केन्द्रमा चुनावी नतिजा देखेर एक भारतीय काँग्रेस नेताको हृदयघातबाट मृत्यु भएको छ।
भारतको लोक सभा निर्वाचनको मत गणना भईरहेका बेला मतगणना केन्द्रमा रहेका सिहोर जिल्लाका जिल्ला अध्यक्ष रतन सिँहको हृदयघातबाट ज्यान भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
सिँहलाई चुनावी नतिजा देखेर हृदयघात भएको र उपचारका लागि अस्पताल लगिएपनि तत्कालै उनको ज्यान गएको बताइएको छ। अहिले भारतमा लोक सभा निर्वाचनको मतगणना जारी छ।
यो समाचार तयार पार्दासम्मको मत परिणाम अनुसार सत्तारुढ दल भारतीय जनता पार्टी नेतृत्वको गठबन्धनले ३४२ स्थानमा अग्रता लिईरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
