काठमाडौँ । सरकारले प्रतिबन्ध लगाएको नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता प्रहरी कारबाहीमा मारिएका छन्।
भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका-२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जङ्गलमा मंगलबार दिउँसो प्रहरीको गोली लागेर घाइते विप्लव कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएको हो। विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता प्रहरीबाट मारिएको यो पहिलो घटना हो।
घिमिरेको तिघ्रामा गोली लागेको थियो । उनको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको हो। षडानन्द नगरपालिका–२, कुदाककाउलेका ३२ वर्षीय घिमिरे विप्लव समूहका संगठित सदस्य हुन् ।
प्रहरीले मुठभेडका क्रममा गोली लागेर घिमिरे घाइते भएको दाबी गरेको छ । तर, विप्लव समूहले भने प्रहरी दाबीको खण्डन गरेको छ । आफ्ना कार्यकर्तालाई नियन्त्रणमा लिएर प्रहरीले हत्या गरेको नेकपाको आरोप छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
