काठमाडौं । प्रतिनिधिसभका सांसद अमनलाल मोदी र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच संसदको लेखा समितिको बैठकमा आज चर्काचर्की भएको छ।
बैठकमा सांसद मोदीले विद्युत उत्पादन कम गरी भारतबाट किनेर कमिशन खाने दाउ भएको आरोप लगाएका छन्। मोदीले डेडिकेटेड फिडर तथा टंक लाईन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब बढी भ्रष्टाचार गरेको आरोप लगाएका हुन्।
सांसद मोदीले कार्यकारी निर्देशक घिसिङ भ्रष्टाचारमा मुछिएको दावी गर्दै तत्काल छानवीन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग पनि माग गरे। तर, लगत्तै कुलमानले आरोप प्रमाणित गर्न चूनौति दिए।
निर्देशक घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्ने चेतावनी दिएका छन्। कार्यकारी निर्देशक घिसिङले नेपाल विद्युत प्राधिकरणभित्र भ्रष्टाचार भए,नभएको सत्यतथ्य बाहिर ल्याउन छानविन समिति गठन गरिएको पनि स्पष्ट पारेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
