पाँचथरमा ९ जनाको विभत्स हत्या, यस्तो छ प्रत्यक्षदर्शी सीताको बयान

काठमाडौँ । पाँचथरको मिक्लाजुङ-३, आरुबोटेमा २ परिवारका नौ जनाको हत्याराको अहिलेसम्म पत्ता लागेको छैन। तर केही अनुमानका भरमा भने पारिवारिक रिसिइबीका कारण हत्या भएको हुन सक्ने आशंका गरिएको छ।

२ नातेदार परिवारको हत्या भएकाले पारिवारिक रिसिबी यसको कारण हुनसक्ने प्रारम्भिक अनुमान गरिएको हो। पाँचथर प्रहरीले भने यसको अनुसन्धान भइरहेको जनाएको छ।

Advertisement

घटनामा परी घाइते भएकी प्रत्यक्षदर्शी १२ वर्षीया किशोरी सीता खुजुमले एक समूहले धारिलो हतियार प्रहार गरी अन्धाधुन्ध हत्या गरेको बयान प्रहरीलाई दिएकी छन्।

हत्या गर्ने क्रममा हत्याराले अनुहार छापिने गरी मुकुन्डो लगाएको पनि बालिकाले बताएकी छिन्। अज्ञात समूहको निशानामा सीता खुजुम स्वयं पनि परेकी छन्। आक्रमणबाट उनको हात भाँचिएको छ। उनी भागेर ज्यान जोगाउन सफल भएकी छन्। उनको अवस्था गम्भीर रहेकाले उपचारका लागि प्रहरीको भ्यानमा राखेर फिदिम ल्याइएको छ।

अज्ञात समूहले सोमबार मध्यराति ससुरा बमबहादुर फियाक र ज्वाइँ धनराज शेर्मा परिवारका ९ जनाको विभत्स हत्या गरेको हो। हत्या गरिएकामा ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बू छन्।

त्यसैगरी, फियाक परिवारका ७४ वर्षीय वमबहादुर फियाक, उनकी श्रीमती तथा ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको पनि हत्या भएको छ। शेर्मा र फियाक परिवारको घरको दुरी करिब डेढ-दुई किलोमिटर टाढा छ।

घटनास्थल सदरमुकाम फिदिमबाट ६५ किलोमिटर दक्षिण पर्छ। दशमीबजारस्थित प्रहरी चौकीको टोलीले घटनास्थल सुरक्षित गरिरहेको छ।

More News last news
Loading...