भारत निर्वाचन: एक्जिट पोलमा देखिएको बीजेपीको अग्रता विपक्षीद्वारा खण्डन

आम निर्वाचनमा चरणबद्ध मतदान सम्पन्न भएपछि, प्रारम्भिक मत सर्वेक्षणहरूले देखाएका नतिजालाई भारतका विपक्षी नेताहरूले अस्वीकार गरेका छन्। एक्जिट पोल भनिने त्यस्ता अनौपचारिक प्रारम्भिक मत सर्वेक्षणहरूले सत्ताधारी भारतीय जनता पार्टि आम निर्वाचनमा विजयी हुने बाटोमा देखिएको जनाएका छन्।

पश्चिम बंगाल राज्यकी मूख्यमन्त्री तथा अल इण्डिया तृणमूल कंग्रेसकी नेतृ ममता ब्यानर्जीले एक्जिट पोलका नतिजालाई कोरा गफ भन्दै आफूले त्यसमा विश्वास नगर्ने भन्दै ट्वीट गरेकी छन्। उनले आफ्नो ट्वीटमा सबै विपक्षी पार्टिलाई एकताबद्ध हुन आह्वान पनि गरेकी छन्।

Advertisement

आइतबार सार्वजनिक भएका चार विभिन्न एक्जिट पोलहरूले बीजेपी नेतृत्वको गठबन्धन, न्याशनल डिमोक्र्याटिक एलाएन्स (एनडिए) ले ठूलो परिमाणमा जित हासिल गर्ने अनुमान गरेका थिए। ति पोलहरूका अनुसार उक्त गठबन्धनले २८० देखि ३१५ सम्म सिट जित्नसक्ने सम्भावना छ। त्यो विपक्षी कंग्रेस पार्टिको भन्दा निकै नै धेरै हुने बताइएको छ।

बीजेपीले त्यस्तो पूर्वानुमानको स्वागत गरेको छ र सो पार्टिका थुप्रै नेताहरूले सामाजिक सञ्जालमा आफ्ना कार्यकर्ताहरूको मेहनतलाई बधाइ दिएका छन्।

यस्को महत्व किन छ ?

एक्जिट पोलका नतिजालाई सावधानीपूर्वक लिइनु पर्छ किनकी विगतमा ति गलत पनि सावित भएका छन्। यो तथ्यलाई केही विपक्षी नेताहरूले जोड दिएका छन्। विपक्षी कंग्रेस आइका एकजना चर्चित नेता तथा भूतपूर्व मन्त्री शशी थरुर भन्छन् एक्जिट पोलहरू सबै गलत छन्।

गत सप्ताहान्तमा अष्ट्रेलियाको आम निर्वाचनको नतिजाका बारे ५६ वटा विभिन्न एक्जिट पोलहरू गलत भएको उनले ट्वीटमा उल्लेख गरेका छन्। शशी थरुरले वास्तविकत नतिजाका लागि आफूले २३ मेसम्म प्रतिक्षा गर्ने पनि बताएका छन्।

आन्ध्र प्रदेशका मूख्यमन्त्री तथा तेलुगु देशम पार्टिका नेता एन चन्द्रबाबु नाइडुले ट्वीटरमा लेखेका छन्, “एक्जिट पोलहरूले बारम्बार जनताको धारणा प्रस्तुत गर्न चुकेका छन्। एक्जिट पोलहरू गलत सावित भएका छन् र थुप्रै घटनामा वास्तविकताभन्दा निकै परको पूर्वानुमानहरू भएका छन्।”

निर्वाचनका क्रममा बीजेपी र कंग्रेस तथा अन्य विभिन्न राज्यका केही क्षेत्रिय दलहरूबीच चर्को प्रतिस्पर्धा भएको थियो। तर प्रारम्भिक वैचारिक मत सर्वेक्षणहरूले विपक्षीको चुनावी रणनीति असफल भएको तर्फ संकेत गरेका छन्।

सबैभन्दा आश्चर्यजनक पूर्वानुमान अगुवा राज्य उत्तर प्रदेशबाट आएको देखिएको छ, जस्ले सबैभन्दा धेरै ८० सदस्यलाई केन्द्रीय संसदमा पठाउने गर्दछ।

More News last news
Loading...