न्यू क्यालेडोनिया । अमेरिकी भौगर्भिक सर्भेले न्यू क्यालेडोनियाको पूर्वी तटीय इलाकामा ६.८ म्याग्नीच्यूडको भूकम्प गएको जनाएको छ।
उक्त भूकम्प जमिनको सतहबाट करिब १४ किलोमिटरमुनि बिहानीपख ११ बजेर २३ मिनेटमा आएको थियो। भूकम्पबाट जनधनको कुनै क्षति भएको विवरण प्राप्त भएको छैन। साथै कुनै सुनामीको चेतावनी पनि जारी गरिएको छैन।
फ्रान्सको अधीनमा रहेको क्यालिडोनिया प्रशान्त महासागरीय क्षेत्रमा रहेको छ। यहाँ बारम्बार भूकम्प जानुका साथै ज्वालामुखी विस्फोटन हुने गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
