गायक सागर नेपाली कांग्रेसमा प्रवेश

काठमाडौँ । जुम्लाका गायक सागर नेपाली आज नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले अबिर लगाएर गायक नेपालीलाई कांग्रेसमा प्रवेश गराएका हुन्।

माया गरौंला, हाम्रो घरको भाले, म जलेको खरानी, तालाचाबी, धोखेबाजबाट धोका पाकोछु लगायतका लोकप्रिय गीत गाएका गायक नेपाली कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै गायन क्षेत्रमा लागेका मध्य लोकप्रिय गायकका रुपमा स्थापित छन्।

Advertisement

जुम्ला कांग्रेसका नेता दान बहादुर बुडा, धन बहादुर बुडा लगायतका नेताको समन्वयमा गायक नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्। पार्टी प्रवेशपछि आफ्नो पेसाका साथसाथमा लोकतन्त्रलाई बलियो बनाउन कांग्रेसमा प्रवेश गरेको नेपालीले प्रतिक्रिया दिएका छन्।

कांग्रेस नेता पौडेलले नेपालीलाई पार्टी प्रवेश गराउँदै साधक र स्रष्ठाहरुलाई लोकतान्त्रिक अभियान मजबुत बनाउनका लागि साथ दिन अनुरोध समेत गरेका छन्।

More News last news
Loading...