काठमाडौँ । हिजो साँझ काठमाडौंको कालोपुलमा एक युवतीमाथि एसिड आक्रमण भएको छ।
आक्रमणमा परेकी युवतीलाई चाबहिलस्थित ओम अस्पतालबाट कीर्तिपुरस्थित् फेक्ट अस्पतालमा सारिएको छ।
उनको शरीका विभिन्न भाग जलेकाले ओम अस्पतालबाट फेक्ट रिफर गरिएको हो। २२ वर्षीय ती युवतीमाथि निर्मतापूर्वक एसिड प्रहार भएको थियो । प्रहरीका अनुसार युवतीमाथ एसिड प्रहार गर्ने आक्रमणकारीलाई प्रहरीले ३ घण्टापछि पक्राउ गरेको थियो। आक्रमणकारीको खोजीमा जुटेको प्रहरीले आक्रमणकारीलाई काँडाघारीबाट नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार आक्रमणकारी उनका श्रीमान ३८ वर्षीय विष्णु भुजेल रहेका छन्। युवती भुजेलकी कान्छी श्रीमती हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
